बुधवार प्रदेश २ मा सार्वजनिक विदा

काठमाडौं । प्रदेश २ सरकारले विवाहपञ्चमीको अवसरमा बुधबार प्रदेशमा सार्वजनिक विदा दिएको छ ।

शुक्रवारबाट सुरु भएको सप्ताहव्यापी कार्यक्रम विवाहपञ्चमी महोत्सव अन्तर्गत बुधवार वैवाहिक कार्यक्रम रहेको छ ।

प्रदेश सरकारको मन्त्रिपरिषद्को २०७८ साल बैशाख १ गतेको निर्णय अनुसार नै बुधवार सार्वजनिक विदा दिइएको हो ।

शुक्रवारबाट सुरु भएको विवाहपञ्चमी महोत्सव बिहिवार सम्पन्न हुँदैछ् ।

सीताराम विवाहमहोत्सव अन्तर्गत पहिलो दिन शुक्रवार जनकपुर नगरदर्शन गरिएको थियो भने शनिवार फुलवारी लिला सम्पन्न गरिएको हो ।

आइतवार धनुषयज्ञ हुन लागेको छ भने सोमबार तिलकोत्सव, मंगलबार मटको, बुधबार शुभविवाह रहेको छ भने बिहिबार रामकलेवा भएसँगै विवाहपञ्चमी महोत्सव सम्पन्न हुनेछ ।

No photo description available.