वीरगञ्जबाट दुईजना शंकास्पद साधु पक्राउ

वीरगञ्ज । साधुको भेषमा भारतबाट नेपाल प्रवेश गरेका दुईजना शंकास्पद व्यक्ति वीरगञ्जबाट पक्राउ परेका छन् ।

वीरगञ्जको नग्वाबाट स्थानीयहरुले दुई साधुलाई नियन्त्रणम लिइ प्रहरीको जिम्मा लगाएका हुन् ।

परिचय सोधपुछको क्रममा सहि नाम ठेगाना नबताएपछि शंकास्पद ती दुई व्यक्तिलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका छन् ।

साधु भएपनि दुबैजनाले हिन्दु देवीदेवताको नाम समेत बताउन नसकेको स्थानीको भनाइ छ ।

दुबैजनामाथि थप अनुसन्धन भइरहेको पर्सा प्रहरीले जनाएको छ ।