अक्षय कुमारको आगामी फिल्म पृथ्वीराज रिलिजअघि नै विवादमा परेको छ । राजपूत कर्णी सेनाको तीखो रवैयापछि अब यशराज फिल्म प्रोजेक्शनलाई कानुनी नोटिस दिएपछि विवाद थप चर्किएको छ । श्री राजपूत करणी सेनाले फिल्मका निर्माता, निर्देशक र अभिनेतालाई नोटिस पठाएको छ ।
फिल्मको शीर्षकमा करणी सेनाले आपत्ति जनाएको छ । फिल्मको शिर्षकमा पृथ्वीराजसँगै चौहानलाई पनि जोड्न कर्णी सेनाको माग छ । अर्कोतर्फ गुर्जरहरूले पनि कानुनी सूचना पठाउने तयारी गरेका छन् । अखिल भारतीय वीर गुर्जर महासभाले सेन्सर बोर्ड र फिल्मको निर्मातालाई पत्र लेखेर आपत्ति जनाएको छ । गुर्जरहरूले यस फिल्ममा पृथ्वीराजलाई राजपूत नभई गुर्जरको रूपमा देखाउन माग गरेका छन् ।