काठमाडौं । भारतको उत्तर प्रदेश स्थित अमेथी क्षेत्रमा रहेका उद्योगमा संयुक्तरुपमा एके९.(२०३ राइफल बनाउने सम्झौतामा हस्ताक्षर भएको छ ।
यस्तै दुवै देशबीचको सैन्य सहयोग थप १० वर्ष अर्थात् सन् २०३१ सम्मका लागि लम्ब्याइएको छ ।
सोमबार भारतीय रक्षा मन्त्री राजनाथ सिंह र उनका रुसी समकक्षी सर्गेई शोइगुबीच भएको द्विपक्षीय बैठकले यो सम्झौतामा हस्ताक्षर गरेको हो।
‘रुसको बलियो सहयोगलाई भारतले गहिरो प्रशंसा गर्दछ। हामीबिचको सहकार्यले सम्पूर्ण क्षेत्रमा शान्ति, समृद्धि र स्थायित्व ल्याउने विश्वास लिएका छौँ। साना हतियार र सैन्य सहयोग सम्बन्धी विभिन्न सम्झौता प्रोटोकलमा हस्ताक्षर भएकोमा खुसी लागेको छ,’ बैठकपछि भारतीय रक्षा मन्त्री राजनाथ सिंहले ट्विट गर्दै भनेका छन् ।