संजय यादव, सिरहा
मंसिर २५, २०७८
घरैबाट सुरु गरांै, लैगिंक हिंसा अन्त्य गरौं मूल नाराका साथ लैंगिक हिंसाको १६ दिने अभियानको जनजागरण गोलबजार नगरपालिकाले वकतृत्वकला प्रतियोगिता गराएर गरेका छन् । वकतृत्वकलाा प्रतियोगितामा जनता मावि चन्द्रोदयपुर, वडा नम्बर ९ का कक्षा १० की छात्रा प्रतिष्ठा कुमारी सिंहले प्रथम स्थान हासिल गरिन् भन्ने जनता नमुना मावि गोलबजार वार्ड नं ४ को कक्षा ९ की छात्रा कृति महतो दोस्रो स्थान हासिल गरिन । तेस्रोे स्थान जनता नमुना मावि चन्द्रलालपुरको कक्षा १० को छात्र मो. शहैस अलिले गरेको शिक्षा स्रोत ब्यक्ति राजकुमार साहले जानकारी दिए । गोलबजार नगरपालिका भित्र रहेका ९ वटा सामुदायिक विद्यालयका एक जना छात्रा र एक छात्र गरी १८ जनाले वकतृत्वकला प्रतियोगितामा भाग लिएका थिए । कार्यक्रमको प्रमुख अतिथि गोलबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनन्त कुमार पौडयालले पुरस्कृत विद्यार्थीहरुलाई बधाई ज्ञापन तथा शुभकामना दिदै लैङ्गिक हिंसाको अवस्था र सचेतनाको बारे विद्यार्थीहरूको हौसला बुलन्द गर्दै पुरस्कृत हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण समेत गरे । प्रथम, द्धितिय, तृतिय र सानत्वना पुरस्कार राशी क्रमशः ३ हजार, २ हजार, १ हजार र ५ सय रहेको शिक्षा स्रोत ब्यक्ति साहले बताए । सान्त्वना पुरस्कार कन्या पाठशाला बलकवाको कक्षा ८ की छात्रा नाजमा खातुनले पाईन । कार्यक्रमको अध्यक्षता गोलबजार नगरपालिकाकी उपप्रमुख रेशम कुमारी थापाले गर्नुभएकी थिइन् भने विशिष्ट अतिथिहरुमा वडा अध्यक्षहरु तथा सम्बन्धित विद्यालयका प्रधानाध्यापकहरु रहनु भएकोे थियो । कार्यक्रमको संचालन शिक्षा शाखा स्रोतव्यक्ति राजकुमार साहले गर्नुभएको थियो । मूल्यांकन समितिमा प्रअ राम प्रकाश सिंह, अर्का प्रअ सौखीलाल यादव र जनता नमूना मावि गोलबजारका पूर्व शिक्षक गंगा साह रहनुभएको थियो ।