संजय यादव, सिरहा
२७ मंसिर, २०७८
सिरहाको गोलबजार नगरपालिका प्रमुख प्रशासकीय अधिकृत अनन्त कुमार पौडयालले म यहाँ सेवाको लागि आएको कर्मचारी हुँ । नगरपालिकाबाट प्रवाह हुने सेवाबाट नगरवासीले सन्तुष्टि प्राप्त गर्नु नै मेरो लागि मार्गदर्शन बन्ने बताएका छन् । प्रमुख प्रशासकीय अधिकृत पौडयालले आफु हरेक काममा सहभागितामूलक ढङगबाट अगाडी बढ्ने प्रतिबद्धता जनाए । अधिकृत पौडयालले सर्वप्रथम शाखाहरु व्यवस्थापन गर्नुको साथै शाखा प्रमुखहरुलाई जिम्मेवार र उत्तरदायित्व बहन गराउँदै, गरेका कामहरूको निरन्तर प्रगती विवरण शाखा प्रमुखहरुलाई पेश गर्नुको साथै बाँकी रहेका कामहरुको बाधाअडचन बारेमा प्रस्तुत गर्दै समाधानको लागि छलफल गरेर अगाडि बढ्ने जनाए । उनले भन,े असारे विकास प्रबृतीलाई अन्तय गर्दै समयमै कार्ययोजना बनाएर काम सम्पन्न गर्ने । अब काम असारमै गर्नकोलागि पर्खिनु पर्दैन । सबै शाखालाई त्यसप्रति सजग गराउने काम गरिरहेको समेत बताए । अधिकृत पौडयालले भन,े आफू अनुगमनको पाटोलाई धेरै महत्वका साथ हेरिरहेकोले परम्परागत तरिकाले अनुगमन नगरी सहभागितामूलक तरिकाबाट गर्ने कामलाई अगाडी बढाउँदै अनुगमनले सन्त्रास पैदा नगरी सचेतना जगाउने काममा जोड रहने बताए । अधिकृत पौड्यालले जवाफ दिदै भने, शिक्षा, स्वास्थ्य र कृषि पहिलो प्राथमिकतामा पर्ने क्षेत्र रहेको बताए । चालु आव २०७८।०७९को मंसिर महिनासम्म कति कार्य भएको सोको प्रगति अवस्था के छ र बाँकी गर्नुपर्ने कामहरु के के छन, कसरी सम्पन गर्ने हो, त्यसकोलागि नगरपालिकाको सबै शाखाका प्रमुखहरुलाई कार्ययोजना बनाएर ल्याउन निर्देशन दिसकेको र उहाँहरूबाट प्रगती विवरण आइसकेपछि त्यसै अनुसारको कार्ययोजना बनाई समयमै काम सम्पन्न गर्ने योजना रहेको स्पष्ट पारे । आफूले विकास निर्माणको काम संगसँगै सामाजिक उत्तरदायित्वको काममा समेत बिशेष ध्यान दिई काम अगाडी बढाउनुको साथै ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, अल्पसंख्यक आदिलाई पनि विशेष सुविधा दिने बताए । सबैको साथ र सहयोगले मात्र अगाडी बढने अधिकृत पौडयालले बताए ।