काठमाडौँ । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनका लागि आज भएको मतदानमा तीन हजार ५०८ मत खसेको छ ।
काँग्रेसको ११.४५ बजेदेखि सुरु भएको मतदानमा अहिले साँझ 8.15 बजेसम्म तीन हजार ५०८ मत खसेको हो ।
१३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । काँग्रेसले मतदान गर्नका लागि राष्ट्रिय सभा गृहमा एक स्थान र भृकुटीमण्डपमा दुई स्थानमा मतदानको व्यवस्था गरिएको छ ।
काँग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार हाल राष्ट्रिय सभा गृहमा एक हजार १०० र भृकुटीमण्डपका दुई स्थान (प्रदर्शनी हल र प्राङ्गण)मा दुई हजार ४०८ मत खसेको हो ।
निर्वाचन समितिले भृकुटीमण्डपका दुई स्थानमा दुई हजार १०० र एक हजार ३०० तथा राष्ट्रिसभागृहमा एक हजार ३०० मतदाताका लागि मतदान गर्ने प्रबन्ध मिलाइएको छ ।