काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले महोत्तरीको बलवा नगरपालिका पडौलमा ८७ औं शाखारहित बैंकिङ सेवा प्रारम्भ गरेको छ । सो स्थानमा सेवा सञ्चालनका लागि स्थानीय व्यवसायी सरोजकुमार साहलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ।
शाखारहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानीलगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरुसमेत उपलब्ध गराउने लक्ष्य राखिएको बैंकले जनाएको छ।
सेवाबाट ग्रामीण क्षेत्रमा बैंकप्रति उल्लेखनीय विश्वास एवं बैंकिङ सभ्यताको विस्तार हुने अपेक्षा बैंकले लिएको छ।
बैंकले देशभर १७४ शाखा, १२३ एटीएम र ८७ वटा शाखारहित बैंकिङ इकाईहरुबाट आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।