संजय यादव, सिरहा
५ पुस,२०७८
६ बुँदे सहमती पछि गोलबजारमा अवरुद्ध पारिएको पूर्व–पश्चिम लोकमार्गको जाम खुलेको छ । सोमबार साँझ आन्दोलनकारी पक्ष र प्रशासनबीच भएको ६ बुँदे सहमति पछि आन्दोलनरत पक्षले अन्दोलन रोकेको स्थानीय दलित अगुवा अरुण सदाले बताए । हत्यारालाई चाँडो भन्दा चाँडो पक्राउ गरी कारबाही गर्ने, मृतक परिवारलाई क्रियाकर्म वापत ५० हजार रुपैया गोलबजार नगरपालिकाले उपलब्ध गराउनुको साथै जिल्ला प्रशासन कार्यालय सिरहाले मृतक परिवारलाई ४ लाख ५० हजार रुपैयाँ राहत उपलब्ध गराउने सहमति भएको छ । त्यस्तै लाशलाई पोष्टमार्टम पश्चात परिवारजनले दाह संस्कार गनर्,े घाइतेलाई निःशुल्क उपचार गराउने र अब उप्रान्त हुलहुज्जत तथा आन्दोलन नगरी अनुसन्धानमा सहयोग गर्ने भनी दुई पक्ष बीच सहमती भएपछि आन्दोलन स्थगन गरकोे जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी सुवाष बुढाथोकीले बताए । शनिबार साँझ गोलबजार नगरपालिका वार्ड नं ६ का २६ बर्षिय रामकुमार सदालाई नशालु पदार्थ सेवन गर्ने स्थानीय जड्याहा गजेडीहरुले छुरा प्रहार गरी हत्या गरेको छ भने १९ बर्षिय निकेश सदालाई सक्त घाइते बनाएको छ ।
आन्दोलनको दोस्रो दिन सोमवार आक्रोसित अन्दोलनलाई साम्य पार्न प्रहरीले व्यापक बल प्रयोग गरे पनि उल्लेख्य दलित आन्दोलनकारीहरुले प्रहरीलाई लखेट्दै ईलाका प्रहरी कार्यालय गोलबजार भित्र छिराएको थियो । आन्दोलनमा केही प्रहरी र आन्दोलनकारी समेत घाइते भएको छ । हत्यारालाई अविलम्ब पक्राउ गरी कडा कारबाही गर, पिडित परिवारलाई छतिपूर्ति दे, घाइतेलाई निःशुल्क उपचार गर जस्ता माँग राखी स्थानीय मुसहर समुदाय आन्दोलित बनेकोे थियो । प्रहरी प्रशासन कै मिलोमतोमा हत्यारा उम्किन सफल भएको भन्दै आन्दोलनरत पक्ष प्रहरी प्रशासन माथि आक्रोशित भई आन्दोलनमा उत्रिनु परेको स्थानीय अर्का दलित अगुवा शिवशरण सदाले बताए ।