धनबहादुर बिक
धनगढी कैलाली । राष्ट्रिय दलित मुक्ति जागरण नेपाल को बृहत अन्तरक्रिया कार्यक्रम मंगलबार सुदूरपश्चिमको अस्थाई राजधानी धनगढी मा सम्पन्न भएको छ ।
भेलाले राधा नेपालीको अध्यक्षतामा ३७ सदस्यीय जिल्ला कार्य समिति गठन गरेको छ । नव गठित कमिटीको उपाध्यक्षमा सुरेश भुल , महिला उपाध्यक्षमा उषा किरण ज्योति , सचिवमा हिक्मत भुल , सहसचिवमा सावित्री सार्की र कोषाध्यक्षमा मोहन नेपाली रहेका छन ।
अभियानका केन्द्रीय संयोजक तथा कार्यक्रम का प्रमुख अतिथि खगेन्द्र सुनारले राज्यको शासन सत्ता विरूद्ध अाक्रोस पोख्तै भने जब सम्म सभापति , सेनापती , राष्ट्रपति हुँदै पशुपति सम्म र राज्यको मुल न्यायपालिका सम्म दलितको पहुँच हुंदैन दलितले न्याय नपाउने कुरा दावी गरे ।
मुलुकमा प्रजातन्त्र , लोकतन्त्र र गणतन्त्र स्थापना का लागि दलित ले पनि रगत पसिना बगाएको छ तर यो देशका शासक बर्गले दलितलाई सम्मानजनक स्थान दिन सकेको छैन संयोजक सुनारले अाफ्नो भाषणमा भने ।
संयोजक सुनारले राज्य सत्ता सञ्चालनमा रहेका पार्टी र नेता बिरूद्ध गर्जिदै भने दलितले न्याय नपाउने लोकतन्त्र र संविधान जलाउनु पर्दछ , दलितको उपस्थिति नभएको सरकार को खुलेर बिरोध गर्नुपर्दछ ।
दलितका परम्परागत सीप खोसिएका छन श्रम मा शोषण गरिएको छ , हिजो दलितले अाफ्ना परम्परागत सीप गर्दासम्म राज्यबाट कुनै सहयोग पाउन सकेका थिएनन तर अाज कथित गैरदलितले व्यवसायीक सिलाईकटाई , फलामको काम , जुत्ता सिलाउने लगायत काम गरिरहदा राज्यकोषबाट मनग्य अनुदान पायने गरेका छन सुनारले व्यवस्था बिरूद्ध अाक्रोस व्यक्त गरे ।
कार्यक्रममा दलित बुद्धिजीवी बसन्त बागचन ले फुटकर को अान्दोलन ले जातिय परिवर्तन नहुने ठहर गर्दै अबको अान्दोलन वारकि पार सहितको अान्दोलन हुनुपर्ने धारणा व्यक्त गरे ।
यस्तै दलित बुद्धिजीवी तथा सामाजिक अभियन्ता प्रेम विसीले दलित अान्दोलन लाई अब नया सिराबाट सुरु गर्नुपर्ने सुझाव दिनुभयो । दलित अान्दोलन का नाममा लाखौं करोडौं रकम भित्र्याएर केही गैरसरकारी संस्थाले दलित अान्दोलन लाई असफल बनाउने र दलितलाई बदनाम बनाउने कार्य गरेको उहाँले अारोप लगाउनुभयो ।
ज्यानमारा अपराध मा पनि २० बर्ष मा छुटकारा पाउछ , तर दलित हरू सयौं बर्षदेखी बन्दी जीवन बिताउन बाध्य छन विसीले भनाइ हरू व्यक्त गरे ।
अहिले मुलुक भरि दलित हरू मन्दिर प्रवेश गरेकै कारण हत्या गरिएका छन राज्यले न्याय दिनुको साटो अपराधीलाई संरक्षण गर्ने कार्य गर्दै अाएको विसीले दावी गरे ।
अब दलितले कसैको झोला बोकेर होइन , कसैको दास भएर होइन , स्वावलम्बि भएर एक ढिक्का भएर अघि बढ्नु पर्छ विसीले सुझाव दिनुभयो ।
दुई बर्ष अघि पश्चिम रूकुमको चौरजहारी मा भएको नवराज बिक लगायत ६ जना युवाहरूको नरसंहार हत्याकाण्ड को मुद्दा लाई उठान गर्न प्रमुख नेतृत्व लिंदै दलित हकअधिकार का बिषयमा पुर्व मेचीदेखि पश्चिम महाकाली सम्म बुलन्द अावाज उठाउदै अाएका पत्रकार एबं सामाजिक अभियन्ता खगेन्द्र सुनार अभियानको संगठन निर्माण गर्ने क्रममा मंगलबार कैलाली पुगेका हुन ।
हालसम्म २८ जिल्लामा जिल्ला भेला गरि कमिटी गठन गर्न सफल भएको र अागामि केही महिना भित्र ७७ वटै जिल्लामा कमिटी गठन गरि संघिय सरकार काठमाडौंमा एकलाख दलित युवा उतार्दै राष्ट्रिय भेला सफल पार्ने लक्ष्य रहेको राष्ट्रिय दलित मुक्ति जागरण केन्द्रीय संयोजक खगेन्द्र सुनारले बताए ।
राष्ट्रिय दलित मुक्ति जागरण अभियान कैलाली ले अायोजना गरेको कार्यक्रम मा सामाजिक अभियन्ता डिबी सुनार ले कार्यक्रम को अध्यक्षता गरेका थिए भने कार्यक्रम को सञ्चालन पत्रकार तथा दलित सामाजिक अभियन्ता निराजन परियारले गरेका थिए ।