गृहमन्त्री बालकृष्ण खाणले नयाँ प्रस्ताव ल्याएका छन् ।
आम नागरिक जोडिने, पर्यटनमार्फत राज्यलाई कर पनि वृद्धि हुने र समग्र विकास समृद्धिमै सघाउ पुग्नेगरी गृहमन्त्री खाणले होटल तथा रेष्टुरेन्टहरूलाई चौबिसै घण्टा खुला राख्न प्रस्ताव गरेका हुन् ।
अर्थ मन्त्रालयमा भएको पूँजीगत खर्च सम्बन्धी अन्तर मन्त्रालयगत छलफलमा उनले करको दायरामा आएका होटल तथा रेष्टुरेन्टहरूलाई २४सै घण्टा खुला राख्न उपयुक्त हुने प्रस्ताव राखे । यसो गर्दा व्यवसाय फष्टाउने र राजश्व वृद्धिमा पनि सहयोग पुग्ने खाडले सुनाए ।
यसको लागि आवश्यक सुरक्षा व्यवस्था मिलाउन गृह मन्त्रालय तयार रहेको मन्त्री खाणको भनाइ छ । सुरक्षा प्रबन्ध मिलाएर रातभर होटल रेष्टुरा खोल्ने प्रस्तावलाई लिएर व्यवसायी तथा उपभोक्ता हर्षित बनेका छन् ।