काठमाडौं । नेपाल(भारत सम्बन्ध अरु देशहरु संग भन्दा पनी निकै नै गहिरो रहेको सबै कुराले स्पष्ट परेको छ ।
कोरोना कहर होस या नाकाबन्दीमा पनि भारत बाट खाधान्न,तरकारी र पेट्रोलियम पदार्थको आयातमा रोक लगाएन मानविय नाताले भारतले नेपाली जनताको प्रत्यक्ष जिवनमा असर पर्ने कुनै पनि वस्तु आयातमा रोक लगाएको छैन । कोरोना कहरमा सबै भन्दा पहिला १० लाख डोज कोरोना बिरुद्धको भ्याक्सिन पठाएर भारतले ठुलो गुन लगाएको थियो । मलको हाहाकार हुदा नेपालले चिन सरकार सग मल खरिदका लागी अनुरोध गर्दा समेत चिन सरकारले वास्ता नगर्दा त्यस बखत भारत सरकारले अनुदानमा मल खाद उपलब्ध गराएको हो ।
नेपाल कृर्षी प्रधान देश भनिन्छ तर के आधारमा कृर्षी प्रधान देश भनियो यसको कसै सग ठोस जवाफ छैन । कृषीमा आधारित सबै बस्तु छिमेकी मित्र राष्ट्र भारतबाट निर्यात गर्नु पर्ने अवस्थामा नेपाल कृषी प्रधान देश भन्नु नेपालीका लागी बिडम्बना नै मान्नु पर्दछ ।
नेपाल एउटा पनि खाध वस्तुमा आत्मनिर्भर बन्न सकेको छैन । पछिल्ला वर्षहरुमा मुलुक भित्र खाध वस्तुको माग बढदै गएको र उत्पादन घटदै जादा आयातमा निर्भर हुनु परेको हो । नेपाल व्यापार तथा निकासी प्रर्वद्धन केन्द्रको तथ्याङ्क हेर्दा नेपालमा खाध तथा तरकारी र फलफुल जन्य वस्तुहरुको आयात डर लाग्दो रुपमा बढदै गएको छ ।छिमेकी मुलुक भारत बाट खाध तथा तरकारी र फलफुल जन्य वस्तु नेपाल आयात नहुने हो भने नेपालमा खाध संकट उत्पन्न हुने स्थिती देखिएको छ ।
नेपालमा पछिल्लो समय उत्पादन मा जोड दिन छाडिएको छ । जमिन बाँझो छाडने प्रवृती बढदै जानु, परम्परागत प्रणाली बाट कृषी गरिनु , शहरीकरण बढदै जानु,मानिसहरुमा अल्छीपन बढनु, लगायतका कराणले नेपालको कृषी उत्पादन घटदै गइरहेको छ । भारत बाट खाध तथा तरकारीजन्य वस्तु आयात नहुने हो भने नेपालमा यसको हाहाकार हुने अवस्था आउने कृषी विज्ञ बताउछन ।कोरोना महामारी का बिचमा सिमा नाका मा मानिस आवत जावत मा प्रतिबन्ध लगाइए पनि खाध तथा तरकारी र फलफुल जन्य वस्तु आयातमा कुनै प्रतिबन्ध लगाइएको थिएन । नेपालका किसानले जति बेला धान र गहु को खेती सुरु गर्ने समय हुन्छ ।
त्यक्ती नै बेला मलको हाहाकार हुने गर्दछ। मलको हाहाकार हुदा नेपाली किसान छिमेकी मुलुक भारत बजारमा पुगेर मल खरिद गर्न बाध्य हुने गर्दछन।