काठमाडौं । पछिल्लो केही दशकयता नेपाल विदेशीले खेल्ने अखाड़ा बन्दै गएको पर्याप्त खबरहरु बाहिरिने गरेको छ । दक्षिण एशिया को गर्भगृह मानिने नेपाल दुई ठुला शक्ति राष्ट्रका बिचमा भएकाले पनि प्राथमिकतामा पर्ने गरेको छ । राज्य संस्थाको अवसान र धर्मनिरपेक्ष घोषणा पनि विदेशी शक्तिकै प्रभावमा भएको कुरा धेरैले स्विकारेका छन । विभिन्न पार्टीहरुमा विदेशी राष्ट्रको लगानी रहेको कुरो वेलाको वोली नै भएको हो । राजनैतिक संक्रमणको मौका छोपी कैयों देशहरुले आफ्नो उपस्थिति मजबुत गर्दै गएको कुरो सर्वव्यापक नै छ । यहिबिच विश्वमा शक्तिशाली रुपमा उदाईसकेको उत्तरी छिमेकी चीन र शक्तिराष्ट्र बन्न प्रयत्नशील भारतका बिचमा नेपाल सदियौं देखी पुलको काम गर्दै आएको छ । तर अहिले आएर यी दुई विशाल छिमेकीहरुबिच द्वन्द्व श्रृजनाका लागि पनि यस पवित्र भूमिलाई दुरुपयोग गर्ने प्रयासहरु भएका छन् ।
त्यो भन्दा पनि बेसी नेपाल लाई भारत संगको मित्रता भंग गरी भारतकमक्ष नया चुनौती पेश गर्ने मनसाय बोकेका तत्वहरु पनि देशभित्र सक्रिय भैसकेका छन । भारतमा हुने गरेको ठुला आतंकवादी कृयाकलापमा नेपाली भूमिको दुरुपयोग का प्रयासहरु पहिले पनि भएकै हो, अहिले तिनलाई झन सजिलो भएको छ । नेपाल भारत खुल्ला सिमानाका कारण सुरक्षाका अनेकन चुनौतीहरु देखा परेका छन । नेपालमा कैयौं पल्ट अफगानिस्तानी, पाकिस्तानी, बांगलादेशी, र भारतीय नागरिक पनि अवैद्ध प्रवेश गरि आतंकवादी क्रियाकलापमा संलग्नताको पुष्टि हुँदै आएको छ । त्रिभुवन विमानस्थलबाट भएको एकमात्र विमान अपहरण पनि भारतलाई लक्षित गरि नेपाली भूमीको दुरुपयोग हुने गरेको षड्यन्त्र को गवाह छन । भारतमा घुसपैठका अन्य प्रयासहरु बिफल भएपछि सजिलै भारत प्रवेशका लागि नेपाल भारत खुल्ला सिमानाको प्रयाग हुंदै आएको सम्बन्धी रिपोर्टहरु पनि सार्वजनिक भएकै हो । यहिबिच नेपाल प्रहरी द्धारा अर्को नया खुलासा भएको छ । त्रिभुवन विमानस्थलमा पक्राउ परेका हत्या आरोपी तीन भारतीयलाई नेपाल प्रहरीका केही अधिकारीले गुपचुप भारतलाई बुझाएको खुलेको छ ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डिएसपी नमराज भट्टराई नेतृत्वको टोलीले मोहम्मद नुर (पासपोर्ट नम्बर एन ३६१९७०१), मोद रसाद (पासपोर्ट नम्बर आर ४७८७६५५०) र यासिर अरफत (पासपोर्ट नम्बर टी ५१९३११५)लाई ५ कात्तिकमा विमानस्थलबाट निस्किएलगत्तै पक्राउ गरेको थियो । उनीहरू संयुक्त अरब इमिरेट्स (युएई)को सारजहा विमानस्थल हुँदै नेपाल आएका थिए । तिनिहरुले जम्मु कश्मिरको विभिन्न आतंकवादी घटनामा संलग्न तथा त्यहाँका प्रहरीहरुको हत्यामा संलग्नता रहेको बताइएको छ ।
यस घटनाले पनि भारत बिरुद्ध नेपाली भूमिको सजिलै दुरुपयोग को घटनालाई उजागर गरेको हो । नीतिगत रुपमा माथिल्लो निकायलाई जानकारी नगराई ति आतंकवादीहरुको सुपुदर्गी को बिषयमा गृह मंत्रालयले छानविन थालेको छ । त्यसपछि घटनाको रहस्य खुलेको खबर छ ।
गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई नै जानकारी नगराई उनीहरूलाई भारत पुर्याएर प्रहरीको जिम्मा लगाइएको थियो । नुरको घर चन्डिगढ तथा रसिद र अरफतको जम्मु–कस्मिर हो ।
अध्यागमन विभागबाट प्राप्त विवरणअनुसार उनीहरू ५ कात्तिकको साँझ काठमाडौं आएका थिए । अग्रिम रूपमा होटेल बुकिङ र सम्पर्क व्यक्तिको नामसमेत खुलाएर नेपाल आएका थिए । घटना थाहा पाएपछि मन्त्रालयले छानबिन गरी प्रतिवेदन बुझाउन प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको थियो । प्रहरी प्रधान कार्यालयले एक डिआइजीको नेतृत्वमा छानबिन गरी गृह मन्त्रालयलाई प्रतिवेदन बुझाइसकेको छ । ‘मन्त्रीज्यूले यसमा संलग्न प्रहरीलाई कस्तो कारबाही गर्ने भन्नेमा आन्तरिक छलफल गरिरहनुभएको छ,’ गृह मन्त्रालय स्रोतले भन्यो ।