झापा / आज झापाको सुरुङ्गामा स्वतन्त्र युवाहरुको समुहले कृषकका मुद्दालाइ उठान गर्दै प्ले कार्ड देखाएर सांकेतिक रुपमा दवाब दिएका छन।भुवन खतिवडाको नेतृत्वमा दावा लामा,सरोज भेटुवाल लगायतको सकृयतामा दवावमुलक कार्यक्रम गरिएको हो ।
कृषकलाई मल बिऊ सहज रुपमा उपलब्ध गराउनुपर्ने, कृषि बिमाको व्यवस्था गर्नुपर्ने माग युवाहरुको रहेको छ । अहिलेको परिप्रेक्ष्यमा युवाहरु कृषि तर्फ आकर्षित भएपनि समयमा मल, बिऊ नपाउने, कुनै प्रकारको क्षती भएमा राहत नहुने हुँदा अविलम्ब सो को व्यवस्था गर्न माग गर्दै युवाहरु आन्दोलित भएका अगुवा युवा राजेन्द्र उप्रेतीले बताउनुभयो ।