श्रीमननारायण
किसान पृष्ठभूमिबाट बामपन्थी दल मार्फत राजनीतिमा पदार्पण गरेका संघीय सरकारका कृषि तथा पशुपंक्षी मन्त्री महेन्द्रराय यादव विगत डेढ दशक देखि मधेसी राजनीतिका एक प्रमूख हस्ती पनि बन्न गएका छन । मधेसका र खास गरिकन सर्लाहीका किसानहरु उनि भित्र आफनो अनुहार पनि हेर्दै आएका थिए । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा उनी कृषि तथा पशुपंक्षी विकास मन्त्री बनाइए पछि कृषि प्रधान देश नेपालका किसानले अब आफनो पेशाको पनि अब कायाकल्प हुने तथा सबै समस्याको अन्तय हुने अपेक्षा गरेका थिए, तर मन्त्री यादवको एउटा टिप्पणीले किसानहरुको सपना माथि बज्रपात भएको छ ।
मन्त्री महेन्द्र राय यादवले रासायनिक मलको अभावलाई तत्काल समाधान गर्न सम्भव नभएको भन्दै अर्गेनिक मलको प्रयोग गर्नु किसानहरुलाई सुझाव दिएका छन् । आफु पदमा नहुदाँ किसानको समस्यालाई चर्को आवाज उठाउने कृषि मन्त्री यादवले किसानहरको नगदे बालीको निम्ति महत्वपूर्ण एवं अति आवश्यक मानिएको अहिलेको महिनामा किसानलाई मलखाद्य उपल्बध गराउनमा असमर्थता व्यक्त गर्नुलाई गैर जिम्मेवारीपना एवं असम्बेदनशिलता नै मान्नु पर्दछ । किसानको समस्या समाधान गर्न नसक्ने व्यक्ति कृषि मन्त्रीको पदमा बसिरहनुको औचित्य छैन । आफना जन्ताको समस्या समाधान गर्न नसकिने अवस्था रहेमा बरु पदबाट राजिनामा गरेर उच्च आर्दश नै देखाउनु उत्तम हुनेछ ।
गत वर्ष पुस, माघ महिनामा नै सर्लाहीका उखु किसान नारायण राय यादवले चिनि मिलबाट आफुले पाउनु पर्ने बकाया रकमको माग गर्दै काठमाण्डौंमा अनिश्चिकालिन धरनामा बसेका कारण चिसिएर ज्यान गुमाउनु परेको थियो । आज सर्लाही कै किसान नेता कृषि मन्त्री बनेका छन तर पनि किसानको दुःख यथावत नै छ । कृषि मन्त्री यादवले अनतराष्ट्रिय जगतमा पनि मलखाद्यको अभाव भएको तर्क दिएका छन तर नेपालको निम्ति यो नयाँ तर्क होइन । उनले रासायनिक मलको अभावलाई कम गर्न जिटुजी माध्यम उपयुक्त भएपनि र धेरै देशले पत्राचार गर्दा पनि कसैले नदिएको दुःखेसो प्रकट गर्द तत्काल किसानको माग अनुसार मलखाद्यको आपुर्ति गर्न नसकिने आफनो असमर्थता र निरिहता जनाईसकेका छन् ।
नेपाल सरकारले उत्तरी छिमेकी चिन माथि अत्यधिक विश्वास गरी मलखाद खरिद गर्ने सम्झौता गरेको थियो । तर अन्तिम समयमा आएर चिनले आपुर्ति गर्न नसकिने बताएपछि नेपालमा मलखादको समस्या उत्पन्न भएको हो । विगत साढे ६ वर्ष देखि उत्तरी सिमा नाका क्षेत्रमा अघोषित नाका बन्दी गरेको चिनको व्यवहारका कारण नेपालीहरु निकै कष्ठ भोग्दै आएका छन । नेपाली व्यपारिहरुका करोडौ का सामान र सामान लादिएको कन्टेनर थन्किरहेको अवस्था छ । कृषि मन्त्री यादवले समस्या देखाउने होइन उनको काम समस्याको समाधान गर्ने हो । मधेसी दलका नेताको रुपमा रहेका एवं नेताको हैसियतबाट उनले मन्त्री बनेपछि कृषि क्षेत्रको समस्यालाई राम्ररी बुझनुपर्ने हो । जनताको हक हितमा काम गर्न नसकिए बरु पदबाट राजिनामा गरेर जनताकै बिचमा आए राम्रो ।
राय यादवले चिनि मिलबाट आफुले पाउनु पर्ने बकाया रकमको माग गर्दै काठमाण्डौंमा अनिश्चिकालिन धरनामा बसेका कारण चिसिएर ज्यान गुमाउनु परेको थियो । आज सर्लाही कै किसान नेता कृषि मन्त्री बनेका छन तर पनि किसानको दुःख यथावत नै छ । कृषि मन्त्री यादवले अनतराष्ट्रिय जगतमा पनि मलखाद्यको अभाव भएको तर्क दिएका छन तर नेपालको निम्ति यो नयाँ तर्क होइन । उनले रासायनिक मलको अभावलाई कम गर्न जिटुजी माध्यम उपयुक्त भएपनि र धेरै देशले पत्राचार गर्दा पनि कसैले नदिएको दुःखेसो प्रकट गर्द तत्काल किसानको माग अनुसार मलखाद्यको आपुर्ति गर्न नसकिने आÇनो असमर्थता र निरिहता जनाईसकेका छन् ।