एमसीसी पास हुन सहमतिको आवश्यकता – सभामुख सापकोटा
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौता राष्ट्रघाती भन्नेलाई कडा जवाफ दिएका छन् ।
माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै देउवाले एमसीसी राष्ट्रघाती भन्नेहरुले पढेका छन् भनेर प्रश्न गरे । ‘राष्ट्रघाती भन्नेले पढ्या छ कि छैन, त्यो पनि थाहा छैन । पहिले पढ्नुपर्यो एमसीसी, कहाँ छ राष्ट्रघात ? मैले त कहीं देखेको छैन’ उनले भने, ‘म पनि नेपालको प्रधानमन्त्री हुँ । म नेपाल राष्ट्रको खिलाफमा जाउँला ? म पनि प्रजातन्त्रका लागि लडेको मान्छे हुँ । म किन राष्ट्रघात गरौंला ।’
देउवाले एमसीसीबारे आफूहरु (सत्तारुढ दलहरु)बीच छलफल भइरहेको बताए । ‘प्रचण्डजीहरु, अरु नेताहरुसँग छलफल गरिरहेका छौं’ उनले भने, ‘एमसीसी नेपालको हितमा छ । सित्तैं आएको पैसा हो यो । सित्तैं आएको पैसा कसैले चाहिन्न भन्छ !’
https://youtube.com/shorts/6vc7mG9aL28?feature=share
‘वर्ल्ड बैंक एडीबीबाट हामी ऋण लिन्छौं, त्यसमा अन्तर्राष्ट्रिय कानून लागू हुन्छ । एमसीसी सित्तैं आएको छ, नेपालको कानून मान्छु भन्या छ, तैपनि मान्दैन । राम्रोसँग बुझ्नुपर्यो क्या !’