काठमाडौं । कृषि तथा पशुपंक्षी मन्त्री महिन्द्र राय यादवको राजिनामा माग गरिएको छ ।
नेपाल सरकारले भारत सरकार सँग सम्झौता गरेको मल तथा कृषिजन्य सामाग्री ल्याउन मन्त्री यादव अनिच्छुक देखिएको भन्दै झापामा उनको राजिनामा माग गरिएको हो ।
झापाको सुरुङ्गामा कृषकका मुद्धालाई उठान गर्दै स्वतन्त्र युवाहरुको समूहले भारतसँग सम्झौता गरिएको मल तथा कृषिजन्य सामाग्री ल्याउन नचाहेको भन्दै मन्त्री यादवको प्लेकार्ड सहित सडकमा विरोध प्रदर्शन गर्दै राजिनामा माग गरेका हुन् ।
प्ले कार्डमा ‘कृषि मन्त्री महिन्द्र राय यादव राजिनमा दे’, ‘कृषि विमा लागू गर’, ‘पर्याप्त कृषि ऋण उपलब्ध गराउ’, ‘युरिया मल तुरुन्त उपलब्ध गराउ’, ‘कि किसानलाई पेन्सनको व्यवस्था गर’ लगायत कुरा समेटिएको थियो ।
कृषिमन्त्री किसानको समस्या समाधानमा उदासिन देखिएको र भारतसँग सम्झौता गरिएको मल आयातका लागि सकारात्मक नदेखिएपछि मन्त्री यादवको राजिनामा माग गरिएको हो । किसान लाई तत्काल मल ल्याउने व्यवस्था तर्फ मन्त्री यादवको महत्वपूर्ण पहल हुनुपर्छ, तर मन्त्री यादव यस विषयमा सकारात्मक नदेखिएका कारण उनको राजिनामा माग गरिएको हो ।’
नेपालमा मल लगायतका सामाग्री छिमेकी मूलुक भारतबाट आउने गरेको छ । भारतबाट सम्झौता भएको मल ल्याउन मन्त्री यादव अनिच्छुक देखिएको भन्ने खालका समाचार यसअघि बिभिन्न सञ्चारमाध्यममा आएका थिए ।