काठमाडौं: अन्तराष्ट्रिय व्यापारिक बजारमा चिन माथिको संकट झन बढ्दै गएको छ । चिनिया तानाशाही प्रवृत्तिको बिरुद्ध शक्तिराष्ट्रहरुको एक पछि अर्को कदमले बेईजिंग अशान्त भैरहदा, बिहिवार अमेरिकी संसदले एक जबरदस्ती श्रम गराई उत्पादित वस्तुको आयात संबन्धित व्यापारीक प्रतिबंध थप गरेको छ । अमेरिकी कांग्रेसले उक्त विधेयकलाई कानून को रुपमा लागु गर्न अन्तिम सहमति जनाएको हो । आफ्नो प्रारम्भिक हिचकिचाहट पार गर्दै अमेरिकाले यो साहस देखाएको हो ।
यसले पश्चिमी क्षेत्रका जातीय र धार्मिक अल्पसंख्यकहरू , विशेष गरी सिनजियाङका उइंगर मुस्लिमहरू माथि चीनको कथित प्रणालीगत नियन्त्रण र व्यापक राज्यशक्ति दुरुपयोगको बारेमा अमेरिकी दण्डहरूलाई तीव्र बनाउने श्रृंखलामा सबैभन्दा नयाँ हो । बिडेन प्रशासनले बिहीबार धेरै चिनियाँ बायोटेक र निगरानी कम्पनीहरूलाई लक्षित गर्दै नयाँ प्रतिबन्धहरूको घोषणा गरेको छ । उसले एक अग्रणी ड्रोन निर्माता र सिनजियांगमा रहेको कैयौं सरकारी संस्थाहरूको निगरानीमा कडाई समेत गरेको छ ।
चीनले उइंगर मुस्लिम हरुमाथि नरसंहार जस्तो व्यवहार गरिरहेको अमेरिकी भनाई छ । यसमा अधिकारकर्मीहरू र पत्रकारहरूले जबरजस्ती नसबंदी र ठूला हिरासत शिविरहरूको व्यापक रिपोर्टहरू पनि समावेश गरेको छ, उक्त शिविरभित्र राखिएका उइगर मुश्लिमहरू कथित रूपमा कारखानाहरूमा काम गर्न बाध्य छन् भनि खुलाईएको छ । चिनले त्यस्ता आरोपहरु अस्वीकार गरेपनि प्रमाणित गर्न कठिनाई भएको छ ।
चिनमा मानवीय संवेदनाको कुनै स्थान नरहेको समाचारहरु बारम्बार आईरहेकै हुन्छ । विश्वव्यापी महामारी कोविड-१९ को महासंकट विश्वसामु पस्किसकेको चिनले आफ्नो आर्थिक आधिपत्यका लागि जुनसुकै हदसम्म जानसक्ने र मानवलाई मेशिन जसरी प्रयोग गरिरहेको आरोपहरु लाग्दै आएको छ ।
अमेरिकी गुप्तचर निकायको अनुसार बेइजिङले, सिनजियाङमा बायोमेट्रिक अनुहार पहिचान गर्ने उच्च प्रविधिको निगरानी प्रणाली स्थापित गरेको छ जुन कि उइघुरहरूलाई दबाउन व्यवस्थित प्रयासको रूपमा १२ देखि ६५ वर्षका सबै बासिन्दाहरूको डीएनए नमूनाहरू सङ्कलन गरेको छ । एक प्रशासन अधिकारीले नाम न छाप्ने सर्तमा पत्रकारहरूलाई जानकारी दिएका छन ।