बेइजिङ । चीनले राजधानी सहर होनियारामा ठूलो मात्रामा विरोध प्रदर्शन भएको सोलोमन टापुबाट आफ्ना नागरिकहरूलाई बाहिर निकाल्न उडानको व्यवस्था गर्ने चिनियाँ समाचारपत्र ग्लोबल टाइम्सले जनाएको छ।
एक चार्टर्ड उडानले डिसेम्बरको अन्तिममा चिनियाँ नागरिकहरूलाई स्वदेश फर्काउनेछ। सोलोमन टापुमा काम गर्ने चिनियाँ व्यापारीलाई उद्धृत गर्दै अखबारले उद्धारका क्रममा ज्येष्ठ नागरिकलाई प्राथमिकता दिइने बताइएको छ।
बिहीबार प्रकाशित ग्लोबल टाइम्सको रिपोर्टका अनुसार धेरै चिनियाँ उद्यमीहरूले गम्भीर आर्थिक क्षति बेहोरेका छन्। सोलोमन टापुको राजधानी होनियारामा भएको अशान्तिका कारण सयौं चिनियाँ नागरिक घरबारविहीन भएका छन्।
स्थानीय सरकारले क्षति पुर्याउनेलाई स्थानीय सरकारले मुआब्जा दिने बताएको भए पनि अहिलेसम्म नपाएको व्यापारीले बताए। नोभेम्बरमा, होनियारामा प्रधानमन्त्री मनसेह सोगाभारेको राजीनामाको माग गर्दै हिंसात्मक प्रदर्शनको एक श्रृंखला सुरु भयो।
अशान्तिले तीन जनाको ज्यान लियो भने १०० भन्दा बढी पक्राउ परेका थिए। अष्ट्रेलिया, न्युजिल्याण्ड, फिजी र पपुवा न्युगिनीबाट सेना र पुलिस सहित विदेशी सेनाको आगमन संग स्थितिस्थिर भएको थियो।