विजय सिंह, सिरहा
२३ पुस,२०७८
जसपा, नेपालका नेता प्रकाश अधिकारी माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्दै छन् । नेता अधिकारीले राष्ट्रिय सभा निर्वाचनमा आफू जसरी भए पनि जसपाबाट उम्मेदवार हुनको लागि बिशेष पहल गरेका थिए तर शीर्ष नेतृत्वले नेता अधिकारीको सट्टा मुस्लिम, मधेसी, दलित चेहराबाट उम्मेदवार बनाउने भएपछि अधिकारी असन्तुष्ट भएका छन । नेता अधिकारी पार्टीमा ३÷४ वर्ष मात्र काम गरेको त्यसमा पनि जनाधार कमजोर रहेको र पार्टीको निकास भन्दा गुटबन्दीले गर्दा आफ्नो गृह जिल्ला सिराहालाई गुट उपगुटमा विभाजन गरेको आरोप अधिकारीमाथि लाग्ने गरेको छ जसले गर्दा राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवसमेत अधिकारीलाई राष्ट्रिय सभा उम्मेदवार बनाउन रुचि देखाएन । सिरहाका प्रभावशाली, स्पष्ट वक्ता मो. खालिद सिद्धिकिलाई जसपाले उम्मेदवार बनाए ।
तर नेता अधिकारीले चाहेको स्थान एकीकृत समाजवादीका शीर्ष नेतृत्वले दिन नचाहेको स्रोतबाट बुझिएको छ । पछिल्लो समय पौष ३ गते जिल्ला समायोजनका लागि प्रदेश पदाधिकारीहरुको समन्वयमा भएको छलफल मै विवाद भएपछि कार्यक्रम नै नभई जिल्ला भरीबाट आएका नेता कार्यकर्ताहरु निरास भई फर्केका थिए । जिल्ला समन्वय समितिको समन्वयकारी भूमिका विधान अनुसार मात्र रहेकोमा अध्यक्ष अशोक यादव अरूको निर्देशनमा गुटबन्दीले मौलाएको कार्यक्रममा सहभागी हुन गएका समाजवादी युवासंघका प्रदेश उपाध्यक्ष सकलदेव यादवले बताए । त्यस्तै प्रेस मञ्च प्रदेश नं २ का सचिव समेत रहेका सञ्जय यादवले अध्यक्ष यादवको कार्यशैली तथा क्षमता योग्यताको सवाल उठाएको एक स्रोतले बताएको छ ।