ने.बि.संघ पाटन क्याम्पस को सर्बसहमत मै कमिटि गठन

काठमाडौं । नेपाल बिद्यार्थी संघ पाटन संयुक्त क्याम्पसको लामो समय देखि रिक्त रहेको कमिटी सबर्सहमत रुपमै गठन भएको छ। पौष २२ गते ने बि संघ नेता तथा नेपालि काङ्ग्रेस सिन्धुपाल्चोक का जिल्ला  कार्यसमिती सदस्य बिस्व लामा को प्रमुख अतिथ्थता एबम ने.बि.संघ का नेता छितिज इटानी को सभापतित्वमा बसेको बैठक ले तारा सर्मा को नेतृत्वमा सर्बसहमत रुपमै कमिटी गठन गरेको हो।जसको उपाध्यक्ष मा लक्ष्मण भुसाल,सुशील बिस्ट,युबराज लामा,घनश्याम न्यौपाने लगाएत सचिब मा राजेस काफ्ले र कोसाधक्ष्य मा पुजा श्रेष्ठ रहेका छन।लामो समय देखि ने.बि.संघ पाटन क्याम्पसको कमिटी सर्बसहमत नै गठन गरि नेपाल भरिका आङिगक क्यामसमै एउटा उदाहरण भएको पुर्ब ने.बि.संघ सदस्य अनिल खनाल ले बताउनु भयो।त्यस्तै ने.बि.संघ नेता विश्व लामाले नब गठित ने.बि.संघ पाटन क्याम्पसले विद्यार्थीको हकहितको लागि अझै अग्रसर रहेर काम गर्नेमा  बिस्वस्त रहेको बताउनु भयो।यसैबिच अर्का नेता छितिज इटानी ले नब गठित कमिटिलाइ बधाइ एबम सफलताको सुभकामना सहित उक्त कार्यक्रमलाई अन्त्य गर्नुभएको थियो।