शेयर गर्नु होस
  • 64
    Shares

मुकेश कुमार यादव

लहान मंसिर ६ । सिरहामा कटुवा पेस्तोल सहित एक जनालाई प्रहरीले पकाउ गरेको छ ।  हिन्दुहरुको महान पर्व छठ घाटबाटै औरहीमा कटुवा पेस्तोल र   गोलीसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा औरही गाउँपालिका ५ का रबिन दास रहेका छन् । उनको साथबाट एक थान सानो पेस्तोल र ३ थान गोली बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीले दिएको जानकारी अनुसार स्थानीय विनोद यादवलाई गोली मार्ने योजना बनाएका थिए दास । तर योजनाबारे प्रहरीले सूचना पाएपछि तत्कालै छठ घाट पुगेर उनलाई नियन्त्रण लिएको छ ।

थप आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय सिरहा ल्याएको प्रवक्ता शालिग्राम सर्मा वताएका छन ।

By admin

3 thoughts on “सिरहामा कटुवा पेस्तोल सहित एक पक्राउ”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Holler Box