संजय यादव, गोलबजार, सिरहा
पुस, २६ आईतवार
सिरहाको गोलबजार नगरपालिकाका नगर प्रमुख देवनाथ साहले खेलकुदको माध्यमले गोलबजारलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा चिनाउने बताएका छन् । स्वास्थ्यको लागि खेलकूद, राष्ट्रको लागि खेलकूद तथा एकताको लागि खेलकूद रहेको अनुरुप नै गोलबजारमा राष्ट्रिय स्तरको ब्याडमिन्टन प्रतियोगिता पनि शुरु भएको नगर प्रमुख साहले बताए । गोलबजार कर्वड हल समुदघाटन तथा जिल्ला स्तरिय ब्याडमिन्टन प्रतियोगिता उदघाटन समारोहको प्रमुख अतिथिको आसनबाट बोल्दै नगर प्रमुख साहले यस्तो बताए । नगर प्रमुख साहले भने, मैले आफनो रुची र समाजका युवाहरुको रुची अनुरुप बिभिन्न खेलकूदहरु गराउँदै आईरहेका छौ । खेलकूदले मानिसलाई अनुशासित र निडर समेत बनाउने काम गरिरहेको प्रमुख साहले भने ।
त्यस्तै प्रचण्ड (माधव समूहका जिल्ला नेता उमेश कुमार बरालले सम्बोधन गर्दै भने, खेलले मानिसलाई अनुशासित, गतिशिल र आत्मनिर्भर समेत बनाउने काम गरिरहेको बताए । गोलबजार नगर कार्यपालिकाका प्रवक्ता समेत रहेको बरालले शिक्षा, स्वास्थ्य, खेलकूदलाई प्राथमिकतामा राखी अगाडी बढाउदै गोलबजार नगरपालिकाले अगामी दिनमा पनि विकास निमार्ण काममा हातोमालो गरी अगाडी बढन सबैमा अनुरोध पनि गरे । समारोहमा राप्रपा गोलबजार नगर अध्यक्ष उद्धव बहादुर अधिकारीले नगरपालिकाले सबैलाई समेटेर एकबद्ध भएर अगाडी बढनसके छोटो समयमै फडको मार्न सक्ने धारणा राखे ।
उदघाटन समारोहलाई स्वागत गर्दै गोलबजार नगरपालिका वार्ड नं ७ का वडा अध्यक्ष जगत कुमार श्रेष्ठले सहभागीहरुलाई स्वागत गर्दै खेलकूद जिवनको महत्वपूर्ण अंग हो । बिलासी जीवन भएपनि खेलकूद मार्फत पसिना निकाली स्वस्थकर जीवनयापन गर्न अनुरोध गरे ।
आईतवार र सोमबार जिल्ला स्तरिय ब्याडमिन्टन प्रतियोगितामा १० वटा टीम पुरुष डबल्स हुने र पुस २९ गते देखि माघ ३ गते सम्म गोलबजार नगरपालिका र राष्ट्रिय ब्याडमिन्टन संघको संयुक्त आयोजनामा राष्ट्रिय स्तरको ब्याडमिन्टन प्रतियोगिता १० इभेन्टस्मा महिला र पुरुष गरी २ सय जना खेलाडी सहभागी हुने गोलबजार नगरपालिकाका खेलकूद प्रशिक्षक कसम लामाले बताए ।
गोलबजार नगरपालिकाका नगर उपप्रमुख रेशम कुमारी थापाको अध्यक्षता रहेको कार्यक्रममा नगर उपप्रमुख थापाले खेलकूदले मानिसलाई सभ्य बनाउँछ र जारी खेललाई सबैले आ आफनो स्थानबाट सहयोग गरी सफल बनाईदिनुहुन आग्रह गरिन्