सुदूरपश्चिममा थप दुई जनामा कोरोना पुष्टि पछिल्लो २४ घण्टामा

पछिल्लो २४ घण्टामा सुदूरपश्चिममा थप दुई जनामा कोरोना पुष्टि भएको छ।

डडेल्धुरा अस्पतालको प्रयोगशालामा  गरिएको  परीक्षणमा दुई जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । कूल २ सय २६ जनाको स्वाब परीक्षण गरिएकोमा २ जनाको रिपोर्ट पोजेटिभ आएको अस्पतालका ल्याब ईन्चार्ज इश्वरी भुषालले जानकारी दिनुभयो।

उनका अनुसार डडेल्धुराको अमगरगढी नगरपालिका – ६ की २३ वर्षीया महिला र बझाङको जयपुथ्वी नगरपालिका –५ का १८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो।

योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ४ हजार ९ सय ८१ पुगेको छ।