सप्तरीबाट १५ हजार घुससहित लेखनदास अख्तियारको फन्दामा

सप्तरी । सप्तरीबाट १५ हजार घुस रकम सहित एक लेखापढी व्यवसायी अख्तियारको फन्दामा परेका छन् ।

सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा लेखापढी व्यवसायी अरुणकुमार यादवलाई शुक्रबार पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले उनलाई कञ्चनरुप नगरपालिकास्थित मालपोत कार्यालयमा सेवाग्राहीसँग रु १५ हजार घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको हो ।

जग्गाको नक्सा मिलाई दिने नामम सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा लेखापढी व्यवसायी यादवलाई पक्राउ गरेको अख्तियारले जनाएको छ ।

आयोगले उनीमाथि थप अनुसन्धान गरिरहेको जनाएको छ ।