धनुषामा तिव्र गतीको मोटरसाइकल पिलरमा ठोक्किदा एकजनाको मृत्यु

21

धनुषा : मोटरसाइकल दुर्घटनामा परि धनुषाको रघुनाथपुरमा १ जनाको ज्यान गएको छ । सवैला नगरपालिका वडा नं. १३ सिरकाटोल बस्ने गाँउकै एक होटल सञ्चालक नानीबाबु भनिनेको छोरा करिव वर्ष ३० को सुरेन्द्र अधिकारीको मृत्यु भएको जनाइएको छ ।

रघुनाथपुर स्थित कमला प्रोजेक्ट कार्यालय हालको शस्त्र प्रहरी वलको युनिट रहेको ठाँउमा अधिकारी सवार तिव्र गतिमा रहेको मोटरसाइकल अनियन्त्रित भई सडक छेउको एक पिलरमा ठक्कर दिदाँ उनको घटना स्थलमै मृत्यु भएको स्थानियवासीले जनाएका छन् । मृतक केहि दिन पुर्व मात्र मलेशियावाट गाँउ आएका थिए । घटनास्थलमा प्रहरी पुगिसकेका छन् । spkhabar