काठमाडौं । पछिल्लो २४ घण्टामा १६० जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अध्यावधिक गरेको पछिल्लो विवरण अनुसार देशभर १६० जनामा संक्रमण पुष्टि भएको हो।
यससँगै नेपालमा हालसम्म कुल संक्रमितको संख्या २ लाख ७२ हजार २१५ पुगेको छ।
पछिल्लो २४ घण्टामा १६५ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन्। कोरोनामुक्त हुने संक्रमितको संख्या २ लाख ६८ हजार ४३१ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार अहिले देशभर सक्रिय संक्रमितको संख्या १७३७ छ। पछिल्लो २४ घण्टामा ३ जना संक्रमितको मृत्यु भएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या २०४७ पुगेको छ।