काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले सगरमाथाका पहिलो आरोही तेन्जिङ नोर्गे शेर्पाको नाममा फिल्म बनाउने भएका छन् ।
ओबामा र उनका श्रीमती मिसेल ओबामाको कम्पनीले सोलुखुम्बुमा जन्मिएका हिमाल आरोही तेन्जिङ नोर्गे शेर्पाको नाममा फिल्म बनाउन लागेका हुन् । ओबामाको कम्पनीसँग नेटफ्लिक्सले पनि सहकार्य गर्ने समाचारमा जनाइएको छ ।
फिल्मको नाम ‘तेन्जिङ’ हुनेछ भने उक्त फिल्मलाई जेनिफर पिडमले निर्देशन गर्नेछन्भ । फिल्म सन् २००३ मा इद डग्लासले लेखेका किताब ‘तेन्जिङ : हिरो अफ एभरेस्ट’मा आधारित हुनेछ ।
फिल्ममा तेन्जिङले सगरमाथा चढ्नका लागि गरेका संघर्ष, मेहनत र सफलतालाई प्रस्तुत गरिनेछ । फिल्मको सम्पूर्ण छायांकन सगरमाथा क्षेत्रमा हुने बताइएको छ ।