बटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं नेकपा ओली समूहका नेता शंकर पोखरेलले आफ्नो पार्टीले रोल्पा र रुकुमबाट चुनाव जित्ने दाबी गरेका छन् ।
शनिबार बुटवलमा भएको सभालाई सम्बोध गर्दै रहेको रोल्पा र रुकुममा विजयको झण्डा फहराएर प्रचण्ड-माधवले नेतृत्व गरेको पार्टीले कम्युनिष्ट आन्दोलनको हित गर्न नसक्ने प्रमाणित गर्ने बताएका हुन् । ‘रोल्पा रुकुमलाई जनयुद्धको थलोका रुपमा कमरेड प्रचण्डले जे चाहृयो, त्यहि हुने थलोको रुपमा चित्रण गर्ने गरिन्छ’ उनले भनेका छन्, ‘तर आउने चुनावमा रोल्पा र रुकुममा केपी शर्मा ओलीको नेतृत्वमा विजयको झण्डा फहराउँदैछ भन्ने कुराको उद्घोष गर्न चाहान्छु ।’