विराटनगर । मोरङको उर्लाबारी नगरपालिका-५ का ३१ वर्षीय प्रवीण बास्तोलाको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका एक युवकलाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । मंगलबार जिल्ला न्यायाधीश सुदर्शन लामिछानेको इजलासले १९ वर्षीय सुदीप परियारलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।
बिहीबार लामिछानेको इजलासले अर्का आरोपी मेहरमान दर्जीलाई पनि थुनामा राख्ने आदेश दिएको थियो । थुनछेक बहसपछि थुनामा राख्ने आदेश भएको जिल्ला अदालत मोरङका श्रेस्तेदार राजकुमार दाहालले जानकारी दिए ।
परियार हत्या आरोपमा मुद्दा दायर गरिएका ६ प्रतिवादीमध्ये एक हुन् । फरार रहेका परियारलाई मोरङको कानेपोखरी गाउँपालिका–७ रमाइलोबाट प्रहरीले सोमबार राति पक्राउ गरेको थियो ।