धनुषा : दलालहरुले पैसा लिएर काम गर्ने गरेको सूचनाका आधारमा नेपाल प्रहरीले यातायात कार्यालय जनकपुरमा छापा मारेको छ ।
सेवाग्राहीको गुनासो बढेपछी यातायात कार्यालय मा भ्रष्टाचार तथा बिक्रीति बढाएको भन्दै छापामारेर पक्राउ गरिएको धनुषाका प्रहरी प्रमुख प्रकाश रानाभाटले जानकारी दिए । सेवाग्राहीबाट मोलमोलाई गरी रकम लिएर काम समेत नगर्ने गरेको तथा रकम चलखेलमा सक्रिय दलाललाई नियन्त्रण मा लिएर अनुसन्धान अगाडी बढाएको रानाभाटले बताए ।
जनकपुरको मुजेलिया स्थित यातायात कार्यालयमा धनुषा प्रहरीले आज छापा मारेर १५ जनालाई नियन्त्रणमा लिएको हो ।
सवारी चालक अनुमतिपत्र लाइसेन्स बनाउन दलालहरुले सेवाग्राहीबाट रकम लिने र कार्यालयका कर्मचारीहरुसँग मिल्ने गरेको कुरा पटक पटक आइरहेपनि प्रहरीले यत्तिबेला आएर छापा मारेको हो ।
धनुषा प्रहरीले गरेको छापाबाट कार्यालय परिसरमा रहेका (दलाल) एजेन्टहरूलाई नियन्त्रणमा लिएको हो ।
कार्यालयबाट श्याम सुन्दर यादव, गौरीशंकर नायक, योगेन्द्र कुमार यादव, अरीफ राईन, भवीद्द्न साह, संजय साह, उमेश कुमार महतो, ध्रमेन्द्र कुमार यादव सहित १५ जना एजेन्टलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीले नियन्त्रणमा लिएका एजेन्टहरुले यातायात कार्यालयका कर्मचारीलाइ पनि पक्राउ गर्नुपर्ने बताएका छन् ।