काठमाडौं । पाउँदै नपाएको गुणस्तर प्रमाण चिन्ह प्रयोग गरेको आरोपमा नाप तौल तथा गुणस्तर विभागले सम्राट सिमेन्ट उद्योगलाई कारबाही गरेको छ । उद्योगले उत्पादन गर्ने देव सम्राट पि्रमियम सिमेन्ट ओपीसी सिमेन्ट ५३ ग्रेडमा अनुमति नपाएको प्रमाण चिन्ह प्रयोग गरेर सिमेन्ट बिक्री गरेको आरोप उद्योगमाथि छ ।
विभागको अनुगमनका क्रममा उक्त उद्योगबाट उत्पादित ५३ ग्रेड (एनएस ५७२) उल्लेखित करिब १०० बोरा ओपीसी सिमेन्ट काठमाडौंको बाफल बिक्री राखेको पाइएको विभागका प्रवक्ता दनानाथ मिश्रद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
उद्योगलाई नेपाल गुणस्तर चिन्ह ऐन-२०३७ तथा नियमावली- २०४० बमोजिम कारबाही अगाडि बढाइएको विभागले जनाएको छ ।