संजय यादव, सिरहा
१२ चैत्र, २०७७
नेपाल बिद्युत प्राधिकरण सिरहाको मिर्चैया वितरण केन्द्रका प्रमुख इन्जिनियर जयकुमार यादवले सेवाग्राहीको सन्तुष्टि नै मेरो र प्राधिकरणको सन्तुष्टि रहेको बताएका छन् । सेवाग्राहीहरु कसरी सहज किसिमले बढीभन्दा बढी सेवा सुविधा लिन सक्ने वातावरण सिर्जना गर्न आफू चौबिसै घण्टा तम्तयार रहेको प्रमुख इन्जिनियर यादवले बताए । रेडियो आकाशगंगा एफएम गोलबजारका स्टेसन मैनेजर पत्रकार संजय यादवले लिएको अन्तर्वार्तामा प्रमुख इन्जिनियर यादवले यस्तो बताए । प्रमुख इन्जिनियर यादवले भने, वन डोर सेवा प्रणालीबाट सेवा प्रवाह हुनु ठूलो उपलब्धी रहेको र वन डोर प्रणालीले घुस र कोठाकोठामा गएर लेनदेनकोे पनि समस्या नरहने बताए । प्रमुख इन्जिनियर यादवले भने, मातहतका सम्पूर्ण कर्मचारीलाई सेवाग्राहीको सेवा सुविधा पाउने काममा कुनै किसिमको सम्झौता नगर्न निर्देशन गरेको बताए ।
लथालिंग अवस्थामा रहेको बितरण केन्द्रलाई व्यवस्थित बनाउँदै सम्पूर्ण कर्मचारीहरुलाई दक्ष बनाउन विभिन्न सीप विकासको लागि प्रोत्साहन र तालिम दिदै गरेको बताए । प्रमुख इन्जिनियर यादवले थपे, म आउँदा कार्यालयमा दक्ष कर्मचारीको आभाव, फाँट सम्म थिएन, फाँट निर्माण गरेका,े जिम्मेवारी पनि बोध नभएको त्यसैले उनीहरुलाई प्रयोगात्मक कक्षा दिई दक्ष बनाउने काम गरेको बताए । सबै कर्मचारीहरुलाई राखेर म आफै सिकाउने काम गरेको तर यतिले मात्र पुग्दैन अझ धेरै काम गर्नुपर्ने रहेको बताए ।
ग्राहकको सेवा सुविधाका लागि चौबिसै घण्टा काम गर्न आफू तम्तयार रहेको र कर्मचारीहरुलाई उत्तरदायित्व बोध गराउने तीर लागिपरेको भने । ई. यादवले भने, म कार्यालयमा हाजिर हुँदा बखत फल्डि तिर निस्किदा बिद्युत चुहावटको भयवाह अबस्था रहेकोले गाडीको गाडी सामानहरु बरामद गरी ल्याउने काम हुन्थ्यो र अचेल चुहावटमा कमी आएको बताए । विद्युत वितरण प्रणाली यहाँको मात्र होइन, प्रदेस नं २ कै जीर्ण रहेको बताए । आफूले सबै सिस्टम बसाएर पूर्र्ण व्यवस्थित बनाउने लक्ष्य रहेको र त्यस अनुरुप नै कामकाज अगाडी बढाएको बताए ।