संजय यादव, सिरहा
२८ चैत्र, २०७७
नेकपा एमाले माधव समूहको युवा संघ नेपाल सिरहा जिल्लाको कार्यकर्ता भेलाले राजेश यादवको अध्यक्षतामा १ सय ११ सदस्यीय जिल्ला कमिटी चयन गरेका छन् । सिरहाको गोलबजारमा सम्पन्न कार्यकर्ता भेलाको प्रमुख अतिथि युवा संघ नेपालका केन्द्रीय अध्यक्ष नरेश साथीले अब केपी ओली नेतृत्वको सरकार मुस्किलले बढीमा एक वर्ष टिक्न सक्ने र त्यसपछि उसको हालत के होला सोच्नलाई भनेका छन् । सरकारको जवानी बढीमा एक वर्ष टिक्ने बाला छ, त्यसैले हामीले जोडतोडका साथ त्यस्ता कुदृष्टि पात्रहरुलाई परास्त गर्न जरुरी रहेको नेता शाहीले बताए । प्रमुख अतिथि शाहीले सिरहा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा जितेका कानून मन्त्री समेत रहेका लिलानाथ श्रेष्ठलाई लक्षित गर्दै भने, बढीमा एक वर्ष आइसमौज गर्नुस, फेरी समय आउँदैछ, यहाँको जनताले स्वाहा पार्ने निश्चित छ । नेता शाहीले थपे, ओलीले गरिरहेको बदमासीको विरुद्ध आवाज बुलन्द पार्न आजको युवाहरूको उपस्थिति हेरेर निकै नै खुसी भएको बताए । उनीहरु पापी छन्, त्यसैले निश्चित छ सत्यको विजय हुन्छ नै । अहिले जस जसले पद, सुविधा र अवसर पाएका छन् उनीहरु आली तिर ढल्केकोे बताए । युवा शक्तिले नै हाम्रो समाजमा बढ्दै गरेको जातीय बिभेद, दाईजो प्रथा लगायत अन्य विकृतिहरुलाई अन्तय गर्ने जिकिर गरे ।
हामी नै असली नेकपा एमाले रहेको समेत बताए । त्यस्तै माधव समूहका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री धर्मनाथ साहले युवा नै वर्तमान र भविष्यका कर्णधार हुन, त्यसैले युवाहरूको नेतृत्वको खाँचो छ, हामी उनीहरुलाई सल्लाह सुझाव दिने काम गर्ने बताए । ओली भष्मासुर र केशवजंग राईमाझी प्रवृतिको रहेको र असली गणतत्र बिरोधी ओलीलाई पार्टीको अध्यक्ष र प्रधानमन्त्री बनाएर ठूलो भूुल गरेको स्वीकार गरे । ओलीले सारा संवैधानिक निकाय मुठ्ठीमा लिएको र पार्टीलाई नै ध्वस्त पार्ने तीर लागेकोले हामी सचेत भएर पाइला चाल्न लागेको नेता साहले भने । माधब समूहका नेकपा एमाले जिल्ला अध्यक्ष प्रमोद यादवले ओली प्रबृतीकोे विरुद्ध हामी एकजुट भएर अगाडि बढेको र अन्त्यमा उसको बुलबुलको हाल हुने समेत बताए । जिल्ला सचिव योगेन्द्र कुमार सिंहले ओली प्रतिगमनको मुख्य नाइके रहेको र हामी प्रतिगमन विरुद्ध देश र जनताको लागि लडन सदैब तयार रहेको समेत बताए ।
कार्यक्रमको अध्यक्षता ग्रहण गरेका युवा संघका जिल्ला अध्यक्ष राजेश यादवले सिरहामा हामी बाहेक कुनै अर्को युवा संघ नरहेकोे बताए । ओलीका नोकरहरुले हाम्रो निर्धारित कार्यक्रम असफल बनाउन कैयौ भ्रमित कामहरु गरे तर अन्ततः हामी सफल भयौं । नेता यादवले भने, सिरहामा दुई वटा साईबर सेनाले हाम्रो भेलालार्ई असफल बनाउन दिनरात गाँउ गाँउ पुगी भ्रमि तगर्ने कार्यमा सक्रिय भएपनि हामी युवाहरु मुहतोड जवाफ दिएर पाखा लगाएको बताए । उनीहरु गाउँगाँउ पुगेर २७ गतेको भेला वैशाख ५ गतेको लागि सरेको भन्दै गलत हल्ला फैलाउने सम्म काम गरे । यस्ता गलत प्रवृत्ति विरुद्ध हामी लड्न तयार रहेको समेत नेता यादवले बताए । भेलाले जिल्ला उपाध्यक्षमा चन्दन साह, सचिबमा पंकज गोसामी, सहसचिवमा बिनोद यादव, कोषाध्यक्षमा कविता सिन्चुरी सर्वसम्मतीले चयन भएको जिल्ला अध्यक्ष राजेश यादवले बताए ।