संजय यादव, सिरहा
१ जेठ, २०७८
सिरहाको गोलबजार स्थित श्री जमावि(प्राविधिक)का छात्राहरु साईकल पाएपछि उत्साहित भएकी छिन् । प्रदेश नं २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जनकपुरको “बेटी बचाउ, बेटी पढाउ”कार्यक्रम अन्तर्गत जमावि(प्राविधिक) गोलबजारका कक्षा ८ का ४७ जना छात्रालाई साईकल बितरण गरेकोे विद्यालयका प्रधानाध्यापक भरत साहले बताए । मुख्यमन्त्रीको बेटी बचाउ बेटी पढाउ कार्यक्रम अन्तर्गत छात्राहरुलाई मनोबल उत्साहित तथा उच्च शिक्षा हासिल गर्नकोलागि अभिप्रेरणा मिल्ने उद्देश्यले भएको साईकल वितरण पछि छात्राहरु निकै नै उत्साहित र प्रशन्न देखिएकी थिइन् ।
साईकल पाएपछि कक्षा ८ मा अध्ययनरत छात्रा स्वीटी कुमारी साह भन्छिन् साईकल पाएपछि निकै खुसी भएको छु । अब देखि घरको काम सकाएर पनि दिनहँु विद्यालय समयमै पुगिने बताइन् । त्यस्तै अर्का छात्रा लक्ष्मीकुमारी महारा भन्छिन्, खुसी छु अब मिहिनेत गरेर लगातार १२ कक्षा पास गर्ने बताइन् । जमावि(प्राविधिक) गोलबजारद्वारा आयोजित साईकल बितरण कार्यक्रमको अध्यक्षता विद्यालयका प्रधानाध्यापक भरत साह तथा प्रमुख आथित्य जसपा नेपाल गोलबजार नगर समिति अध्यक्ष संजीब कुमार यादवले गर्नुभएको थियो । प्रअ भरत साहले साईकल बितरण गर्दै भने, साईकल बितरण कार्यक्रममा जसपा नेपाल गोलबजार अध्यक्ष संजीव कुमार यादव र सकलदेव यादवको विशेष सहयोग रहेकोले यहाँहरुलाई बिशेष धन्यवाद दिँदै खासगरी छत्राहरुको शैक्षिक स्तर उकास्न थप मनोबल बढाएकोले बेटी बचाउ, बेटी पढाउ कार्यक्रमलाई धन्यवाद र प्रशंसा गरे । अब देखि छात्राहरु पनि नियमित विद्यालय आउने विश्वास व्यक्त गरे ।
कार्यक्रमको प्रमुख अतिथि संजीब कुमार यादवले भने, मुख्यमन्त्रीको कार्यालयमा विशेष पहल गरेर यस विद्यालयका कक्षा ८ मा पढने छात्राहरुलाई बेटी बचाउ बेटी पढाउ कार्यक्रम अन्तर्गत साईकल बितरण भएको र कार्यक्रम अनुसारको लक्ष्य प्राप्ति नै आफ्नो सन्तुष्टी रहेको बताए ।
यस्तो कोभिडको महामारीको अवस्थामा किन साईकल बितरण गर्नु पर्यो भन्ने प्रश्नको जवाफमा प्रधानाध्यापक साहले भने, साईकल बितरण कक्षा ८ का छात्राहरूको लागि मात्र रहेको हो । कक्षा अपग्रेड भएपछि फेरि समस्या आउनसक्ने र बाध्यात्मक अवस्थामा सामाजिक दूरी कायम गर्दै स्वास्थ्य मापदण्डअनुसार नै कार्यक्रम गरेको बताए ।
कार्यक्रममा स्वागत गर्दै विद्यालयका शिक्षक रामेश्वर कामती भने, प्रदेश नम्बर २ मा खासगरी छात्राहरु विभेदमा परी विद्यालय नआउने प्रवृत्तिलाई अन्त्य गर्न बेटी बचाउ बेटी पढाउ कार्यक्रम अन्तर्गत साईकल वितरण कार्यक्रम लोकप्रिय रहेको बताए । कार्यक्रमको सञ्चालन शिक्षक राजकुमार साहले गर्नुभएको थियो भने शिक्षक बिरेन्द्र कुुमार यादव, सरोज यादव, जसपाका सकलदेव यादव, रामनारायण यादव, बिक्रम महरा लगायतको सहभागिता रहेको थियो ।