शेयर गर्नु होस

सिरहा : कोरोनाबाट मृत्यू भएका व्यक्तिको शव हिन्दु परम्परा अनुसार व्यवस्थापन गर्न राष्ट्रिय एकता अभियानले सप्तरीका प्रमुख जिल्ला अधिकारीसँग माग गरेको छ ।

अभियानकी केन्द्रीय उपाध्यक्ष सुनिता साहले प्रेस–विज्ञप्ती जारी गरेर प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएकी हुन् । सरकारले तोकेको मापदण्ड विपरित मृतकको शवलाई गाड्ने कार्य भइरहेकोमा उनले आपत्ति जनाएकी छन् ।

नीति नियम तथा हिन्दु धार्मिक परम्पराको विपरित शवलाई गाड्ने कार्य बन्द गरी हिन्दु धार्मिक परम्परा अनुसार अत्त्येष्टि गर्ने व्यवस्था मिलाउन अभियानले माग गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *