काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर बीच भेटवार्ता हुँदैछ । दिउँसो एक बजे पछि भेटवार्ता हुने समय तय भएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।
जसपा सरकारमा सहभागी हुनेबारे छलफल गर्न भेटवार्ता हुन लागेको स्रोतले जनाएको छ । ती स्रोतका अनुसार ओली र ठाकुर बीच सहमति जुटे तत्काल मन्त्रिपरिषद् पुनर्गठन हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1