सिन्धुली : सिन्धुलीमा सुनकोसी नदीमा आएको बाढीले बगाएर ल्याएको अवस्थामा तीनवटा शव फेला परेका छन् । बुधबार र बहिबार गरी सुनकोशी नदी किनारमा तीनवटा शव फेला परेको प्रहरीले जनाएको हो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी तथा प्रवक्ता मनोज लामाका अनुसार सिन्धुलीको सुनकोसी गाउँपालिका ५ मुलकोट, सनुकोसी गाउँपालिकाकै वडा नम्बर ६ र फिक्कल गाउँपालिका ६ रत्नावतीस्थित कोसी किनारामा शव फेला पारिएको हो ।
तीनै स्थानमा भेटिएको शव पुरुषको भएको बताइएको छ । माछा टिप्न गएका स्थानीयले तीनवटै शव फेला पारेका थिए । उक्त शव मंगलबार राति सिन्धुपाल्चोकको मेलम्ची नदीमा आएको बाढीले बगाएको हुनसक्ने स्थानीयको आशंका गरेको सिन्धुलीका डीएसपी मनोज कुमार लामाले बताए ।