रौतहटको मौलापुर बिहानैबाट शान्त हुन सकेको छैन । बिहान १० बजेबाट नगरपालिकाको पाँचौँ नगरसभा सुरु हुने भनिएपछि सोही समयबाट मौलापुर अशान्त भएको हो ।
नेपाली कांग्रेस, एमाले माधव नेपाल समूह, उपेन्द्र यादवको राजपालगायतले नगरसभा गर्न नदिने भन्दै नाराबाजी गरेपछि प्रभु साह पक्षधरसँग झडपको अवस्था आएको थियो ।
नेकपा एमाले नेता प्रभु साहकी श्रीमती मेयर रहेको मौलापुर नगरपालिकामा आर्थिक अनियमितता भएको भन्दै विरोध प्रदर्शन हुन थालेपछि साह पक्ष र अन्य पक्षबीचको झडप नियन्त्रणमा लिन प्रहरीले १४ राउन्ड हवाई फायर, २३ राउन्ड अश्रुग्यास प्रहार गरेको छ । झडपमा दुई सशस्त्र प्रहरी र पाँच नेपाल प्रहरीसहित सातजना सुरक्षाकर्मी घाइते भएका छन् ।