जनकपुरधाम । धनुषामा मिनी ट्रक र मोटरसाइकल एक आपसमा ठोक्किँदा दुईजना गम्भीर घाइते भएका छन् ।
धनुषाको कमला नगरपालिका ४ सघारा नजिक जनकपुर तर्फ आउँदै गरेको ज १ क ३६३ नम्बरको मिनी ट्रक र सिरहा तर्फ जाँदै गरेको ज १ प ९३६३ नम्बरको मोटरासइकल एक आपसमा ठोक्किँएर दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक सिरहाका ३६ वर्षका राजु मेस्तर र वर्ष ३५ का फेकु मेस्तर रहेको इलाका प्रहरी कार्यालय खजुरीले जनाएको छ ।
दुबैजनालाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको छ ।
दुर्घटना लगतै मिनी ट्रक चालक फरार भएको र उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
तस्वीर : इन्यूजब्युरोबाट ।