Tuesday, December 7, 2021
spot_img
Homeअन्तराष्ट्रिय'सिक्किमको भूत छोड्नुस्, आफ्नो आन्तरिक स्थायीत्वमा ध्यान दिनुस्'

‘सिक्किमको भूत छोड्नुस्, आफ्नो आन्तरिक स्थायीत्वमा ध्यान दिनुस्’

विजय सिंह

काठमाडौं । सिक्किमका १२ औं तथा अन्तिम राजा पाल्देन थोन्डुप नामग्याल अपदस्थ भएर सिक्किम भारतमा विलय भएको करिब आधा शताब्दि बितिसकेको छ । तर, नेपाललाई भने सिक्किमको भूतले अझै पनि सताइरहेको छ । आजका दिनमा पनि केही मिडियाहरुमा टिप्पणीकर्ता तथा विश्लेषक भनिएकाहरुले भने नेपाललाई पनि नयाँ दिल्लीले सिक्किमीकरण गर्नसक्ने भन्दै सिक्किमको उदाहरण दिने गरेका छन् । यस्ता उदाहरणहरुले नेपाललाई थप अस्थिरतातर्फ धकेल्छ भन्नेतर्फ उनीहरुको ध्यान गएको देखिँदैन ।

तीनवटा मुलुकको बीचमा स्यान्डविचचजस्तै बनेको सानो हिमालयन राज्य हो सिक्किम । यसको पूर्वमा पश्चिममा नेपाल, पूर्वमा भुटान, उत्तरमा चीन र दक्षिणमा भारत थिए । यो रणनीतिकरुपमा निकै महत्वपूर्ण अधिराज्यको रुपमा रहेको एक सार्वभौम सम्पन्न राष्ट्रको रुपमा रहेको थियो ।

बेलायती उपनिवेशबाट सन् १९४७ मा भारत स्वतन्त्र हुँदा पनि सिक्किम एक सार्वभौम राज्य नै नियो । भुटानलेजस्तै सिक्किमले पनि महत्वपूर्ण तीनवटा रक्षा, विदेश सम्बन्ध र सञ्चार मामिलाका विषयमा भने भारतसँग सहकार्य गर्नुपर्ने प्रावधान रहेको थियो ।

बेलायतीहरुले भारत छोडेपछि १२ डिसेम्बर १९५० मा जवाहरलाल नेहरुले सिक्किमलाई विशेष संरक्षण प्रदान गर्ने सन्धि गरेका थियो । राजा चोग्यालको अधिनमा राज्यलाई एक स्वतन्त्र राज्यको हैसियत प्रदान गर्ने नेहरुले प्रतिबद्धतासमेत व्यक्त गरेका थिए । तर, राजा चोग्यालले भने सन्धि विपरीत विदेशी मुलुकहरुसँग पनि आफ्नो सम्बन्ध बढाउँदै लगे । जब सन् १९६६ माभारतको प्रधानमन्त्री इन्दिरा गान्धी भइन्, उनले चोग्यालको गतिविधिहरुलाई नजिकबाट नियालीरहेकी थिइन् ।

चोग्यालको अधिकार विस्तारको चाहना र सन्धि विपरीत विदेशी मुलुकहरुसँगको सम्बन्ध विस्तारको योजनाप्रति निकै धैर्यताका साथ हेरिरहेकी थिइन् । चोग्यालको विदेश सम्बन्धलाई विस्तार गर्ने योजनाका बाबजुद् आन्तरिक राजनीतिक अस्थिरता बढिरहेको थियो । सन् १९७३ मा चोग्यालले सबै प्रशासनमा आफ्नो शासनलाई बढाउँदै लगिरहेको थिए । चोग्यालले सन् १९५० मा भारतसँग भएको सन्धि पनि पुनरावलोकन गर्न बताइरहेका थिए । अर्कोतर्फ उनले स्वतन्त्र विदेश सम्बन्ध स्थापना गर्ने प्रयास गरेका थिए ।

भारतीय प्रधानमन्त्री इन्दिरा गान्धी विशेषगरी उनकी अमेरिकी मुलकी श्रीमती होप कुकप्रति बढी सशंकित भएकी थिइन् । सिक्किमले अस्वभाविकरुपमा भारत पनि दूतावास स्थापना गरेपछि गान्धी थप सशंकित बनन् ि। सन् १९७५ मा नेपालमा राजा विरेन्द्रको राज्यभिषेक हुँदा राजा चोग्याल र रानी होप काठमाडौं आए । उनीहरुले काठमाडौंमा चिनियाँ र पाकिस्तानी नेताहरुसँग भेट गरेका थिए । उनले काठमाडौंमा पत्रकार सम्मेलनसमेत गरेका थिए ।

पत्रकार सम्मेलनमा सिक्किममा भारतले पुर्याएको बाधालाई आलोचना भएको थियो । काठमाडौंबाट फर्किएपछि चोग्याल थप भारतविरोधी बन्दै गएका थिए । उनले सिक्किमा भारतीय प्रभावलाई अन्त्य गर्न चाहेका थिए । उनले नेपाली मुलका सिक्किमीहरुविरुद्ध भइरहेको राजनीतिक विभेदलाई अन्त्य गर्न चाहेको थिए । करिब ७५ प्रतिशत नेपाली भाषी सिक्किमीहरुले आफूविरुद्ध भएको दमनको बदला लिए । उनी आन्तरिक संकटमा फस्दै गए । प्रजातन्त्रलाई बलियो बनाउन नसकेको आरोप उनीमाथि लाग्यो ।

विभिन्न राजनीतिक दलहरु र विशेषगरी सिक्किम नेशनल कंग्रेस र सिक्किम जनता पार्टीले सरकारको विरोध गर्न थाले । काजी लेन्डुप दोर्जे नेतृत्वको सिक्किम नेशनल कंग्रेसले व्यापक जनसमर्थन प्राप्त गरिरहेको थियो । दुबै दलहरुले राजनीतिक स्वतन्त्रताको माग गर्दै मुुलकको विकासमा ध्यान दिनुपर्ने आवाजहरु उठाए । नेपाली भाषी सिक्किमीहरुमा चोग्याल आलोचित हुँदै गए र एक अधिनायकवादी शासक भएको ठहर गरियो ।

सन् १९७५ अप्रिल ९मा चोग्याल काठमाडौंबाट गांकोट फर्किदा भारतीय सेनाले उनको दरबारमा घेरा हालेको थियो । सिक्किममा व्यापाक असन्तुष्टिहरु बढेपछि भारतको सहकार्यमा जनमत संग्रह घोषणा गरियो । सिक्किम भारतमा विलय हुने कि स्वतन्त्र रहने भन्ने कुराको फैसला गर्ने जिम्मा सिक्किमका जनतालाई दिइयो । जनमत संग्रहको परिणाम राजशाहीबाट आक्रोशित भएका सिक्किमका जनताले भारतमा विलय गर्ने फैसला गरे ।

सन् १९७५, २६ अप्रिलमा पाल्देन थोन्डुप नामग्याल अर्थात चोग्यालको शासन अन्त्य भयो र लेन्डुप दोर्जे सिक्किमको पहिलो मुख्यमन्त्री बने । यही कुरालाई लिएर नेपालमा पनि सिक्किमीकरणको भूतको त्रास फैलाउने गरिएको छ । अहिले नेपालमा पनि केही नेताहरुले शक्ति आर्जन गर्नका लागि नेपाली नेताहरुले पनि भारतीय नेताहरुको नजिक हुन खोजेका छन् ।

नेपालले सिक्किमको भूत देखाएर जनतालाई त्रसित बनाउनुभन्दा नेपालको आन्तरिक राजनीतिक स्थायीत्व र राष्ट्रिय एकता कायम गर्न सके सार्वभौम बलियो हुन्छ भन्ने ज्ञान राख्न आवश्यक छ ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -
Google search engine

Most Popular

Recent Comments

%d bloggers like this: