जनकपुरधाम । धनुषामा शुक्रबार (आज) एका बिहानै स्कारपिओ पिकअप अनियन्त्रित भएर दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ ।
अन्य पाँचजना घाइते भएका छन् ।
ज्यान जानेमा पिकअपमा सवार महोत्तरीको भंगहा नगरपालिका ९ बस्ने दीपक यादव रहेको इलका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका इन्सपेकटर तिलक सुनारले टुडेपाटीलाई जानकारी दिए ।
उनका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका यादवको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको हो ।
घाइते पाँचजनाको सोहि अस्पतामा उपचार भइरहेको छ । उनीहरुको नाम भने अहिले नखुलेको प्रहरीले जनाएको छ ।
आज बिहान ५ बजे जनकपुर ढल्केबर सडक खण्ड अन्तर्गत लक्ष्मीनिया गउँपालिका स्थित सपहीमा राजमार्गमै पुल निर्माणको लागि खनिएको खाल्डोमा सो स्कारपिओ खसेको हो ।
तिव्रगतिमा ढल्केबरतर्फबाट जनकपुर तर्फ आउँदै गरेको सरकारी नम्बरप्लेट ज २० ०२ ०००१ ख ००३५ नम्बरको स्कारपिओ पिकअप डाइभर्सनबाट नगइ अनियन्त्रित भएर पुल निर्माणाधिन खाल्डोमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
घटना विषयमा थप अनुसन्धान गरिरहेको इन्सपेक्टर सुनारले बताए ।