सिरहा । सिरहाबाट लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ । सिरहाको नवराजपुर गाउँपालिका ५ का २६ वर्षीय प्रभुनारायण सिंहलाई पक्राउ गरेको हो ।
आइतबार राति सिंहलाई लहान नगरपालिका १ बाट लागूऔषधसहित पक्राउ गरिएको सिरहा प्रहरीका प्रबक्ता एवं डीएसपी सुवास बुढाथोकीले जानकारी दिए ।
को।२६प १८९ नम्बरको मोटरसाइकलमा सबार सिंहको साथबाट ४ हजार ७ सय ४० थान नाइट्राभेट ट्याब्लेट, १९४ एम्पुल डाइजेपाम, १९४ एम्पुल फेनारगन, ७ बोतल डाइलेक्स डिसी र नाम लेबल नभएको १९४ एम्पुल लागूऔषध बरामद भएको उनले बताए ।
पक्राउ परेका सिंहलाई इलाका प्रहरी कार्यालय लहानको नियन्त्रणमा राखी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।