काठमाडौैं । महन्थ ठाकुर पक्षले निर्वाचन आयोगमा हिजो दर्ता गराएको जसपा नेपाल (लोकतान्त्रिक) नाम परिवर्तन गरी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) राख्ने भएको छ ।
पार्टी कार्यालय बबरमहलमा बसेको कार्यकारिणी समिति बैठकले पार्टीको नाम लोकतान्त्रिक समाजवादी पार्टी राख्ने निर्णय गरेको हो । पार्टीको चुनाव चिन्ह भने साइकल नै राख्ने बताइएको छ ।
कार्यकारिणी समिति सदस्य उमाशंकर अरगरियाले पार्टीको नाम सच्याउनका लागि निर्वाचन आयोग जान लागेको जानकारी दिए ।