Tuesday, November 30, 2021
spot_img
Homeप्रदेश २जनकपुर : पेट्रोलियम पदार्थ र ग्यासको मूल्यवृद्धि विरुद्ध यूवा संघको प्रदर्शन

जनकपुर : पेट्रोलियम पदार्थ र ग्यासको मूल्यवृद्धि विरुद्ध यूवा संघको प्रदर्शन

शेयर गर्नु होस

सिबेन्द्र रोहिता

जनकपुरधाम पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको मूल्यवृद्धि विरूद्ध राष्ट्रिय यूवा संघ नेपालका कार्यकर्ताहरुले जनकपुरमा आन्दोलन सुरु गरेका छन् ।

आज विहान जनकपुरको शिव चोकमा संघका कार्यकर्ताहरुले टायर बालेर मुल्यवृद्धि विरुद्ध प्रदर्शन गरेका हुन् । शेरबहादुर देउवा सरकारविरुद्ध नाराबाजी गर्दै संघका कार्यकर्ताहरुले मुल्यवृद्धि फिर्ता नलिए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

संघका केन्द्रीय सदस्य मुन्जय राउतले कोरोना कालमा जनतालाई सहुलियत दिनुको सट्टा पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको मुल्य बढाएकाले आन्दोलन गर्नुपरेको बताए ।

सोमबार राति १२ बजेदेखि लागू हुने गरी नेपाल आयल निगमले डिजेल, पेट्रोल र मटिटतेल प्रतिलिटर २ रुपैयाँ एवं ग्यास प्रति सिलिण्डर २५ रुपैयाँले बढाएको छ ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -
Google search engine

Most Popular

Recent Comments

%d bloggers like this: