शेयर गर्नु होस

मुम्बई । बलिउड अभिनेता इमरान हाशमी हालका दिनमा आफ्नो आगामी थ्रिलर फिल्म ‘चेहरे’को रिलिजको प्रतिक्षामा छन् । यो फिल्ममा इमरान पहिलोपटक अमिताभ बच्चनका साथ स्क्रिन शेयर गर्दैछन् । अमिताभका साथ काम गर्न पाउनु आफ्नो सपना पुरा भएको इमरानको बुझाई छ ।
बलिउडमा इमरानको केही चाहना छन्, जुन पुरा हुन बाँकी नै छन् । उनी बलिउडका चर्चित दुई अभिनेत्रीसँग अनस्क्रिन रोमान्स गर्न चाहन्छन् । तर उनलाई यो मौका मिलेको छैन ।

इमरानका अनुसार उनी दीपिका पादुकोण र कटरीना कैफसँग अनस्क्रिन रोमान्स गर्न चाहन्छन् । बलिउड हंगामासँग गरेको कुराकानीमा उनले दीपिका र कटरीना मोहलाई प्रस्तुत गरेका हुन् ।
आनन्द पण्डित मोशन पिक्चर्सको फिल्म ‘चेहरे’मा अमिताभ र इमरानका अलावा रघुवीर यादव, सिद्धान्त कपूर, क्रिस्टल डिसूजा, अन्नू कपूर र रिया चक्रवर्तीको अभिनय छ । फिल्मका निर्देशक रुमी जाफरी हुन् ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Holler Box