शेयर गर्नु होस

जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ९ कुम्हरामा गएराति डकैती भएको छ ।

स्थानीय सिटहु यादवको घरमा डकैती भएको स्थानीयले खबर दिएका छन् ।

राति करिव १ बजेको समयमा डकैती भएको बताइएको छ ।

लुटपाट पश्चात डकैतले बिस्फोट गराएको शंकास्पद वस्तुमा दुईजना घाइते भएका छन् ।

विस्फोट घरको पछाडी तिर भएको स्थानीयहरुको भनाई छ ।

यता धारापानीको प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको कुरा बताइएको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Holler Box