शुभ नारायण यादव-
सप्तरी । सप्तरीको तिलाठी कोइलाडी गाँउपालिका वडा नं. ६ को वडाकार्यालय भवन निर्माणमामा कमसल सामग्री प्रयोग भइरहेको पाइएको छ ।
वडा नं ६ का वडाअध्यक्ष गोबिन्द यादवले वडा कार्यालयको भवन निर्माणको पहिलो चरणमै गुणस्तरहीन ३ नम्बर इटा प्रयोग गरिरहेको स्थानीयले आरोप लगाएका हुन् ।
झन्डै १० लाखको भवनको आधार तयार भइरहेकोमा वडाअध्यक्ष यादव उपभोक्तासंगको मिलोमतोमा तीन नम्बर इट्टा प्रयोग भइरहेको भन्दै स्थानीयले गुनासो गरेका छन् ।
स्थानीयले समाजिकसञ्जालमा समेत तीन नम्बर इट्टा प्रयोग गरिरहेको तस्बीर राखेर सो कार्यको विरोध गर्ने गरेका छन् ।
वडाध्यक्ष यादवले तीन नम्बरको जम्मै इट्टा छाटकाट गरेर लगाउन आदेश दिएको बताए । हालसम्म वडा कार्यालय एउटा माटो काठले बनेको घरमा सञ्चालना रहेको छ ।