Monday, December 6, 2021
spot_img
Homeसमाचारमीनभवनमा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय स्थापना

मीनभवनमा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय स्थापना

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय मीनभवनमा स्थापना भएको छ ।

केन्द्रीय कार्यालयको उद्घाटन शुक्रबार बिहान १०  बजे हुने केन्द्रीय कार्यालय सचिव गंगालाल तुलाधारले बताए । उद्घाटन अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गर्नेछन् ।

नेकपा एमालेबाट अलग भएर गएको २ भदौमा एकीकृत समाजवादी बनेको हो । तर अहिलेसम्म यो पार्टीले केन्द्रीय कार्यालय सञ्चालनमा ल्याएको थिएन । अधिकांश जिल्लाहरुमा भने पार्टी कार्यालय स्थापना भइसकेको तुलाधारले बताए ।
RELATED ARTICLES

Leave a Reply

- Advertisment -
Google search engine

Most Popular

Recent Comments

%d bloggers like this: