काठमाडौं । महोत्तरी प्रहरीले जिल्ला भरिमा लगाएको आरकेस्ट्रा प्रतिबन्धको धज्जी उडेको छ ।
महोत्तरीका प्रहरी उपरीक्षक निदेश आचार्यले बिहीबार आफ्ना मातहतका प्रहरी कार्यालय तथा चोकीलाई सर्कुलर जारी गर्दै आरेकस्ट्रा जस्ता कार्यक्रम गर्न नदिन र गरे कडा पक्राउ गर्न निर्देशन दिएका थिए ।
तर, प्रहरीले प्रतिबन्ध लगाएको २४ घण्टा नबित्दै त्यसको उलंघन गरी महोत्तरीको गौशाला नगरपालिकाको जमुनियामा आरकेस्ट्रा कार्यक्रम आयोजन भएको छ ।
विश्वकमा पूजाको अवसरमा आयोजन भएको आरकेस्ट्रा नाच आयोजन भएको छ । आयोजन भएको आरकेस्ट्राभन्दा केहि पर मात्र प्रहरीचोकी छ ।
समाजमा विकृति फैलाउने ‘लहरिया लुट ए राजा’ सहितका अश्लील गीतमै नृत्य भइरहँदा प्रहरी मुकदर्शक बनेका छन् । आरकेस्ट्राले अपराधिक घटना बढाएको भन्दै महोत्तरी प्रहरीले यसमाथि प्रतिबन्ध लगाएको छ ।
तर, प्रतिबन्ध लगाएको २४ घण्टा भित्रै भइरहेको आरकेस्ट्राले सर्वसाधारण समेत आश्चर्यचकित भएका छन् । प्रहरीले नामका लागि प्रतिबन्ध लगाएको भन्दै आलोचना हुन थालेको छ ।
भुल सुधार : समाजिक सञ्जालबाट समाचारमा सुरुपमा प्रयोग भएको तस्बीर पुरानो भएको जानकारी प्राप्त भएकाले समाचारसहित तस्बीर सम्पादन गरिएको छ ।